काठमाडौंः नोभेल कोरोना भाइरसका ४८२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४८२ संक्रमित थपिएका हुन् ।
जसमा ११७ महिला र ३६५ पुरुष रहेको प्रवक्ताले गौतमले जानकारी दिएका छन् ।
नेपालमा अहिलेसम्मकै उच्च एकदिनमा ६७१ कोरोना संक्रमित देखिएका थिए । आइतबार देशभर ४६३, सोमबार ४७६ र मंगलबार ३१६ कोरोना संक्रमित फेला परेका थिए ।
देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ ।
कुल कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।