काठमाडौंः नेपालमा २ हजार ६१ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा पछिल्लो समय बालबालिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको हो ।

“नेपालमा १८ वर्षमुनिका २ हजार ६१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ,” उहाँले भन्नुभयो, “बालबालिकाहरूबाट अरूमा सर्नेदर बढी हुने हुँदा अभिभावकहरू सचेत भएर उनीहरूलाई सकेसम्म घरमै राख्नुपर्छ ।”
सुदूरपश्चिम प्रदेशमा मात्र ९ वर्षमुनिका १७५ जना बालबालिकामा कोरोना संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो । सुदूरपश्चिममा कोरोना संक्रमण देखिएका सबै बालबालिकाहरू आमाबुबासँग भारतबाट आएको देखिएको मन्त्रालयले जनाएको छ ।

उहाँले आमाबुबालाई कोरोना संक्रमण भएको अवस्थामा बालबालिकालाई कोरोना सर्न नदिन अलगै बस्न जानकारी दिनुभयो ।

विदेशबाट आएकाहरूले अन्यलाई कोरोना सर्न नदिन घरमा वा क्वारेन्टाइनमा १४ दिनसम्म नियमपूर्वक बस्ने, घरबाहिर जानुपरेमा मास्क अनिवार्य लगाउने, २ मिटरको दूरी कायम गर्ने र पटक–पटक साबुन पानीले हात धुने गर्न उहाँले अनुरोध गर्नुभयो।

प्रतिक्रिया दिनुहोस !