चितवनः जिल्लाका १३ जनासहित २५ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको मंगलबार गरिएको परीक्षणमा आज बिहान चितवनका १३ जनासहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
चितवनका संक्रमण पुष्टि हुनेमा भरतपुरका मात्रै ११ जना छन् भने दुई जना माडीका हुन् । भरतपुर अस्पतालबाट गरिएको परीक्षणमा माडी नगरपालिका वडा नम्बर ५ र ३ का २५ र ७३ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नारायणी सामुदायिक हस्पिटलमा उपचाररत भरतपुर महानगरपालिका–७ का ६१ वर्षीय पुरुष र १२ वर्षकी बालिकामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । यस्तै भरतपुर महानगरपालिकाको वडा नंं.९, ४, २२, २५ र २६ नम्बर वडाका २१ देखि ४८ वर्ष उमेर समूहका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै आज नै पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाका २ महिलासहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सेन्ट्रल हस्पिटलमा उपचाररत गोर्खाको मनकामना बस्ने ३० वर्षीया महिला र भरतपुर अस्पतालमा झापा दमक–३ बस्ने ३५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस !