काठमाडौंः देशका सात वटै प्रदेशमा आज सामान्य बदली रही धेरै स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मेघगर्जन र चट्याङसहित सातै प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले वताएको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार आज राति सबै प्रदेशमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको विभागको भनाइ छ ।