चितवन: सोमबार साँझ भएको सवारी दुर्घटनामा परि घाईते भएका अर्का एक जनाको आज बिहान मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलो स्थित नारायणगढ–मुग्लिन सडकमा स्कोरपियो र ग्यास बुलेट एकआपसमा ठक्कर खाएका थिए ।
मृत्यु हुनेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ का २५ वर्षिय अनुज धिताल रहेका छन् । उनको उपचारका क्रममा आज बिहान पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।
मुग्लिनबाट नारायणगढ तर्फ आईरहेको बा १३ च ५९२९ नं. को स्कर्पियो र बिपरित दिसाबाट गइरहेको एनएल ०१ क्यु ५१०६ नं को ग्यास बुलेट एक एक आपसमा ठक्कर खाएका थिए । ठक्करखाँदा धितालकी आमा ४८ बर्षीया प्रभा गौतमको सोमबार उपचारका लागि ल्याउँदै गर्दा बाटोमानै मृत्यु भएको थियो ।
दुर्घटनामा परी घाईते सोही स्थानका स्कोरपियो चालक ४५ बर्षीय राजन घिमिरेको अबस्था गम्भिर रहेको छ । यस्तै सोही स्थानकी २७ बर्षीया बर्षा धिताल र ५३ बर्षीय कृण्ण धितालको अवस्था मध्यम रहेको छ । उनिहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।