
काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये ४३४ पुरुष र १२० महिला छन् ।
संक्रमितको संख्या १२ हजार ३०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या २८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
कोरोना संक्रमित देशभरका सबै ७७ वटै जिल्लामा देखिएको छ । पछिल्लो समय रसुवामा पनि संक्रमित भेटिए पछि ७७ वटै जिल्लामा संक्रमण फैलिएको हो ।