चितवनःभरतपुर महानगरपालिकाको बुधवार सुरू भयको छैठौ नगरशभा नगरप्रमुख रेनु दाहाल द्वार प्रस्तुत नितितथा कार्यक्रम र उपप्रमुख पार्बती शाहा ठकुरी द्वारा प्रस्तुत ४अर्ब १५करोड बरावरको बजेट पारित गर्दै सुक्रवार सम्पन्न भयको छ ।

सुक्रवार सुरू भयको  ठैठौ नगरशभामा महानगर प्रमुख रेनु दाहालले आर्थिक बर्ष ०७७र०७८ कालागी निती तथा कार्यक्रम प्रस्तुतगर्नुभयको थियो । नीति तथा कार्यक्रम कोभिड १९ को प्रभावलाई न्यूनिकरण गर्न केन्द्रित भएको छ । महानगरपालिकाको छैटौंनगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम र वजेट कोभिड केन्द्रित भएको हो ।  प्रमुख तथा उप प्रमुख द्वारा प्रस्तुत नितितथा कार्यक्रम माथी नगर शभा सदस्यहरूले आ आफ्नो धारणा राखेका थिए । नगर सभासदस्यहरूले निती तथा कार्यक्रम प्रती सकारात्मक  सुझाबहरू आयको भन्दै यसलाइ समेट्दै निती तथा कार्यक्रमलाइ अझै प्रभावकारी बनाइदै लैडाने प्रमुख दाहालले बताउनुभयो ।समापन समारोहमा नगरप्रमुख रेनु दाहाल ,उप प्रमुख पार्वती  प्रमुख प्रशासकिय अधिकृत प्रेमराज जोसी ,बडा न २१का अध्यक्ष चित्रसेन अधिकारी ,वडा न १० का अध्यक्ष तथा प्रबक्ता अरूणपिडीत  भन्डारीले छैठौनगरशभाको समापन समारोहलाइ सम्बोधन गर्दै पारित निती तथा कार्यक्रम र बजेटलाइ योजनाबद्द ढंगले कार्यान्वयन गरन सबैकोसामुहिक प्रयास आवस्यक हुने धारणा राख्नुभयको थियो ।

नीति कार्यक्रम संगसंगै आउँदो वर्षका लागि बिनियोजित बजेट कोभिड १९ बाट प्रभावित व्यक्तिको उपचार र क्वारेन्टिन व्यवस्थापन तथावैदेशिक रोजगारीबाट फिर्ता भएका व्यक्तिहरुलाई रोजगार सिर्जना गर्न केन्द्रित छ  । त्यसैगरि महानगरबासीहरुको मौलिक हककोरुपमा रहेका न्यूनतम आधारभूत आबश्यकताहरु परिपूर्ती गर्दै जाने, नीजि तथा सहकारी क्षेत्रसंग सहकार्य गर्दै रोजगारीका अबसरहरुसिर्जना गर्ने, साधन स्रोत, अबसर र क्षमताको बिकास तथा सो को उच्चतम उपयोग गरि समृद्ध महानगर बानाउन वजेट केन्द्रित भएको छ।

समापन समारोहलाइ सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले सिङ्गो विश्व यतिबेला कोरोना भाइरसले ल्याएको संकट सामनागरिरहेको भन्दै सिंगो मुलुक तथा महानगर पनि विपत्ति संग जुधिरहेको बताउनुभयो । महानगरले कोरोना संक्रमण संग जुध्न भरतपुरकोरोना बिशेष अस्थाई अस्पताल र कोभिड १९ प्रयोगशाला स्थापना गरेको भन्दै उहाँले सबै वडामा क्वारेन्टिनको स्थापना गरिएकोबताउनुभयो ।

महानगरपालिकाले बितेका तीन वर्षमा साना ठूला गरी करीब ३०० किलोमिटर सडक कालोपत्रे, वडा कार्यालय, उद्यान, सडक मर्मत, मेशजाली लगाउने, सीप विकास र क्षमता विकास, कृषि तथा पशु विकासका काम गरिएको  बताउदै नगर शभाबाट पारित निती तथाकार्यक्रम र बजेटलाइ कडाइका साथ कार्यन्वयन गरेर सृद्द भरतपुर महानगरपालिका निर्माणमा जुट्न आग्रह गर्नुभयो ।

सो अवसरमा भरतपुर महानगरपालिकाले बितेका ३बर्षमा गरेका र आगामी आ बमा गरिने कामहरूको बिवरण प्रस्तुत गर्नुभयो ।महानगरपालिकाले आफ्नै सिटी हल बनाउने लक्ष्यअनुरुप काम भईरहेको, महानगरीय रिंगरोड, लिंकरोड, बाईपास रोडको स्तरोन्नति, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पुलचोक–गोन्द्राङ ६ लेन सडक निर्माणका साथै शहरी पूर्वाधार निर्माणका कार्य अघि बढिरहेको दाहाललेजानकारी गराउनुभयो ।

महानगरकै पहलमा चौविसकोठी–चनौली – मेघौली सडक बैकल्पिक सहायक राजमार्गमा स्तरोन्नति भएको, भरतपुर  विमानस्थल प्रादेशिक विमानस्थलको रुपमा रुपान्तरण भएको भन्दै उहाँले अन्य केही ठूला आयोजनाहरु तीव्र रुपमा अघि बढिरहेको बताउनुभयो ।

महानगरपालिकामा हालसम्म १४ वटा ऐन, ६ वटा नियमावली, ६ वटा निर्देशिका, ३३ वटा कार्यविधि, ४ वटा मापदण्ड तथा एक आचार–संहिता गरी ६४ वटा कानुनहरु निर्माण भई कार्यान्वयनमा आएको उहाँले जानकारी दिनुभयो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषकलाई व्याजमा अनुदान, एक कस्टम हायरिंग केन्द्र स्थापना गरिने, बीउबिजन र मल वितरणमा अनुदान दिने,  पुरिएका र जीर्ण सिंचाई नहरहरूको पुननिर्माण गरिने,बताउनुभयो ।

कृषि उपजहरुलाई सहज रूपमा बजारसम्म पुर्याउनका लागि कृषि क्षेत्रसम्म पुग्ने पूर्वाधारहरुको विस्तार गरिने, सबै हाटबजारहरुमास्वदेशी उत्पादनमात्र बिक्री गर्न “हाम्रो हाटबजार स्थानीय उत्पादन” कार्यक्रम संचालन गरिने उहाँले जानकारी दिनुभयो ।

यस्तै कृषि सूचना प्रणालीको विकास गर्ने,  कृषियोग्य जमिन बाँझो राख्न नदिईने, खेतीयोग्य जमिन विपन्न तथा लक्षित वर्गका किसान, समूह विशेष वा सहकारीलाई कृषि प्रयोजनका लागि अल्पकालीन भाडामा प्रदान गर्न आवश्यक पूर्वाधार निर्माण, समन्वय र सहजीकरणगरिने नीति तथा कार्यक्रममा उल्लेख छ । साथै भूमि बैंकको अवधारणालाई कार्यान्वयन गर्न प्रक्रिया अघि बढाइने निती भरतपुरमहानगरपालिकाले लियको छ । छैठौ नगरशभामा सकृयतापूर्वक सहभागीभइ सभ्य र भब्यढ्गले सफल बनाउन  सहयोग गर्नुहुने नगरशाभासदस्य हरूता कर्मचारीहरूलाइ धन्यवाद ब्याक्त गर्नुभयो । नगरशभाको  समापनको अवसरमा महानगरपालिकालाइ सहयोग पूर्याउनुहुनेकरदाता ,संध संस्था कर्मचारी साग एवं राष्टिय खेलमा पदक बिजेता खेलाडीका साथै महामारिको रूपमा फैलियको कोभिट १९ कोनियन्त्रण र रोकथाममा सहयोग पूर्याउने चिकित्सक ,स्वास्थ्कर्मी तथा हहयोगिहरूलाइ सम्मान गरियको थियो ।

सुक्रवार सम्पन्न नगर शभाले कृषि बीमा अन्तर्गत किसानको उत्पादनको बिक्री वितरणलाई पूर्ण सुरक्षण प्रदान गरिने, महानगरस्तरीयआधुनिक भण्डारण केन्द्र निर्माण गरिने, सीड बैंकको स्थापना गरेर किसानलाई समयमै गुणस्तरीय बीउ उपलब्ध  गराइने, कृषि सहकारीसंस्था, कृषक समूह तथा व्यावसायिक कृषकहरुले पाँच वर्ष भन्दा बढी समयका लागि भाडामा लिएको वा आफ्नै स्वामित्वमा रहेको १५बिगाहाभन्दा बढी क्षेत्रफलको जग्गामा व्यावसायिक खेती गरेमा त्यहाँबाट वर्षैभरी उत्पादन हुने उपजको सहज बजारीकरणका लागिबिक्री केन्द्र स्थापना गर्न  अनुदान प्रदान गरिने  निती पारित गरेको छ।

कोभिड १९ संक्रमणले गर्दा विभिन्न देशबाट फर्किने महानगरबासी युवाहरुको विदेश रोजगारबाट आर्जन गरेको ज्ञान, सीप रउद्ममशीलताको उपयोग गर्न विदेशको सीप स्वदेशका लागि कार्यक्रम अन्तर्गत सीप अनुसार परियोजना बनाउन सहयोग गर्ने, बैंकबाटऋण लिन सहजीकरण तथा यन्त्र उपकरण खरिद गर्न सहयोग गर्ने नीति अवलम्बन गरिने निती महानगरपालिकाले लियको छ।

युवा तथा उद्यमीहरुलाई नवीन व्यवसाय शुरु गर्न आवश्यक क्षमता विकास, प्रविधि हस्तान्तरण, वित्तीय पहुँचमा सहजीकरण रबजारीकरणका कार्यक्रमसंग क्रमश आबद्ध गराई रोजगारी अभिवृद्धिका कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महिला तथा जेष्ठ नागरिकलाई भरतपुर केन्द्रीय अस्पतालबाट प्रदान गरिंदै आएको बहिरंग टिकट निःशुल्क नै कायम राखी यस आर्थिकवर्षबाट अपाङ्गता भएका व्यक्तिहरुलाई पनि निःशुल्क टिकटको व्यवस्था थप गरिने उहाँले बताउनुभयो । सरकारी स्वास्थ्य संस्थामासुत्केरी हुने महिलालाई निःशुल्क यातायात र एम्बुलेन्स खर्च उपलब्ध गराउने र गर्भवती महिलाहरुको ओसारपसारको लागि भरतपुरअस्पताललाई एउटा एम्बुलेन्स उपलब्ध गराउने निती लियको प्रमुख  दाहालले जानकारी दिनुभयो ।

हाम्रो गौरव, हाम्रो भरतपुर विषयको पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि शुरु गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस !