चितवन – चितवनस्थित भरतपुर अस्पतालमा कोरोना भाइरसको उपचार गराइरहेका २२ जना डिस्चार्ज भएका छन् । अस्पतालले आज (मंगलबार) एकै दिन २२ जनालाई डिस्चार्ज गरेर घर पठाएको हो ।

अस्पतालका अनुसार २२ मध्य ३ जनालाई कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । अन्य १९ जनालाई भने आइसोलेसन अवधी पुरा भएकोले घर पठाइएको हो ।

आज डिस्चार्ज भएकाहरुमा भरतपुर महानगरपालिकाका मात्रै ११ जना रहेका छन् । यस्तै माडी नगरपालिकाका ६ र कालिका नगरपालिकाका एक जना रहेका छन् ।

४ जना भने अन्य जिल्लाका रहेका छन् । नवलपुरका २ तथा नवलपरासी र कपिलबस्तुमा समान एक-एक जना आह डिस्चार्ज भएका हुन् । उनीहरुलाई थप १४ दिन सम्म घरमा छुट्टै बस्न भनिएको अस्पतालका सुचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !