चितवनः तत्कालिन माओवादीको आक्रमणबाट घाईते भई गोर्खा जिल्लाबाट बिस्थापित हुनु भएका नेपाल शिक्षक संघका अग्रज नेता यदुप्रसाद अधिकारीको आज भरतपुरमा निधन भएको छ । गएको भदौदेखि क्यान्सर रोगबाट ग्रस्त हुनु भएका अधिकारीको भरतपुर महानगरपालिका वडा नम्बर ८ स्थित निजी निवासमा आज दिउँसो निधन भएको हो ।
वि.सं. २०१० साल फागुन १५ गते हालको अजिरकोट गाउँपालिका वडा नम्बर ३ लप्सिकोट गोर्खामा उहाँको जन्म भएको हो । बि. सं. २०५२ सालमा तत्कालिन माओवादीले संघातिक आक्रमण गरे पछि गम्भिर घाईते हुनु भएका उहाँलाई हेलिकप्टरबाट उद्धार गरि उपचार गरिएको थियो ।
त्यस पछि गाउँबाट उहाँ बिस्थापित हुनु भएको थियो । तत्कालिन समयमा उहाँ स्थानीय ज्ञानज्योती माविको प्राचार्य हुनुहुन्थ्यो । शिक्षक संघका पुराना एबं अग्रज नेता अधिकारी निवृत्त जिवन पश्च्यात नेपाली काङ्ग्रेसको बिभिन्न पदमा रहेर काम गर्दै आउनु भएको थियो । उहाँका एक श्रीमती र तीन छोरा रहेका छन् । उहाँको आजै देवघाटमा अन्त्यष्टि गरिदै छ ।

प्रतिक्रिया दिनुहोस !