
चितवनः नारायणगढ–मुग्लिन सडक खण्ड संञ्चालनमा आएको छ । पहिरो खसे संगै बुधबार बिहान बाट वन्द भएको राजमार्ग राती १० वजे देखि संञ्चालनमा आएको हो ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ईञ्जिनियर शिव खनालका अनुसार सो सडकको चार किलोमा पहिरोले ४५ मिटर सडक ढाकेको थियो । दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाईएको उहाँले जानकारी दिनुभयो । सुरुवातमा खसेको पहिरो पन्छाए लगत्तै सोही ठाउँमा पुनः पहिरो खस्दा समय लागेको उहाँले जानकारी दिनुभयो ।
पहिरो खसेसँगै सडक अवरुद्ध हुँदा सयौं सवारी सडकमा अलपत्र परेका थिए । सडक खुलेसँगै सवारीहरु गन्तव्यतर्फ लागेका छन् । सवारीको चापका कारण सवारी एकतर्फि मात्र सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।