
चितवनः असार महिना सुरु हुन लाग्दा कृषकले आबश्यक मात्रामा मल पाउन सकेका छैनन् । जिल्लामा अहिले युरीया मलको अभाव देखिएको छ । घण्टौ सम्म लाईन बस्दा समेत डिएपि र पोटास पाए पनि कृषकले अहिले युरीया मल पाउन सकेका छैनन् ।
धान रोपि सकेपछि वालीमा हाल्नका लागि अबश्यक पर्ने युरीया मल जिल्लाका कुनै पनि स्थानमा पु¥याउन नसकीएको कृषि सामाग्री कम्पनी लि. शाखा कार्यालय भरतपुरका प्रमुख रविन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार धान खेतिका लागि मात्र जिल्लामा १५ हजार मेट्रिकटन माग भएको छ । तर अहिले साल्कटे«डिङ र आँफुहरुसंग युरीयामल नभएको उहाँले बताउनुभयो ।
लामो समय सम्म बिश्वव्यापी लकडाउनका कारण आपूर्ती असहज हुँदा प्रयाप्त मात्रामा मल उपलव्ध गराउन नसकीएको उहाँको भनाई छ । कम्पनीले गत वर्ष १० हजार मेट्रिकटन युरीया, ५ हजार मेट्रिकटन डिएपि र १ हजार ५ सय मेट्रिकटन पोटास बिक्रि गरेको गरेको थियो । साल्कट्रेडिङले ३ हजार मेट्रिकटन युरीया मल बिक्रि गरेको थियो । अहिले दुबै संस्थामा मलको अभाव रहेको गौतमले वताउनुभयो ।
उहाँले भन्नुभयो “अहिले सम्म मौजातबाट चलेको थियो । अब कतै छैन । लकडाउनले आउनु पर्ने मल रोकीएको छ ।” लकडाउन खुलेसंगै आपूर्ती सहज हुने उहाँको भनाई छ ।
जिल्लामा वर्षे धान २७ हजार ७ सय ३५ हेक्टर र चैते धान ६ हजार हेक्टर क्षेत्रफलमा लगाईदै आएको छ । वर्षे धान लगाउने समयमा मल नपाए पछि कृषकहरु चिन्तित वनेका छन् । कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालले मलको अभाव भए पछि प्रदेश सरकारसंग आपूर्ती सहजताका लागि आग्रह गरिएको जानकारी दिनुभयो । मल ल्याएर बिक्रि गर्ने संस्थाहरुले सहज रुपमा आपूर्ती गर्न नसक्दा समस्या भएको उहाँको भनाई छ । मलको व्यवस्थापनका लागि छलफल भईरहेको उहाँले जानकारी दिनुभयो ।