चितवनः नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तीन नम्बर पुलबाट आज बिहान ट्रक खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर १६ का ३२ वर्षिय बिजय रुम्बा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर अस्पतालमा उपचारका क्रममा रुम्बाको मृत्यु भएको हो । मुग्लिनबाट भरतपुर तर्फ आउँदै गरेको ना ८ ख ५२०० नम्बरको ट्रक अनियन्त्रित भई खोल्सामा खसेको हो ।
ईच्छाकामना गाउँपालिका वडा नम्बर ५ स्थित सो पुलबाट करिब ५० मिटर तल ट्रक खसेको थियो । ट्रकमा सिमेन्ट घोल्ने मिक्सचर जडान गरिएको छ ।
घटना बिहान ६ः३५ वजे भएको हो

प्रतिक्रिया दिनुहोस !