चितवन: चितवन मेडीकल कलेजमा उपचाररत एक बिरामीका आफन्तले आफ्नो बिरामीको मृत्यु भएको भन्दै आज तोफोड गरेका छन् । उनीहरुले अस्पतालको सघन उचार कक्ष बाहिर तोडफोड गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक एकनारायण कोईरालाका अनुसार तोडफोड गर्ने तीन जनालाई पक्राउ गरि साँझ छाडीएको छ । उनीहरुले ढुङ्गा प्रहार गर्दा सघन उपचार कक्षको बाहिरको सिसा फुटेको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर २२ पदमपोखरीका १७ वर्षिय युवक आशिष सुनारको एपेन्डीसाइडको शल्यक्रिया पछि उपचार भईरहेको छ । कलेजका अध्यक्ष प्रा.डा.हरिशचन्द्र न्यौपानेका अनुसार ती युवकको जटिल प्रकृतिको एपेण्डिक्स भएको हो ।
हाल उनको सघन उपचार कक्षमा उपचार भईरहेको भन्दै बुझ्दै नबुझि मृत्यु भएको भनेर तोडफोडमा उत्रिएको उहाँले बताउनुभयो । कोही कसैको लहैलहैमा हुने यस्ता समस्याले गर्दा अस्पतालमा कार्यरत चिकित्सकको मनोवल घट्ने उहाँको भनाईछ ।
चिकित्सकले जानीजानी लापरवाही नगर्ने भन्दै उहाँले समस्या परे जो कोहीले कानुनको बाटो रोज्नुपर्ने भन्दै यो कारोनाको संक्रमणको समयमा ज्यान जोखिम झेलेर काम गर्ने चिकित्सकको मनोवल गिर्न नदिन पनि उहाँले आग्रह गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस !