काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना परीक्षणका लागि थप आधुनिक उपकरण ल्याउने बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले थपल आधुनिक उपकरण ल्याउने बताएका हुन् । थप सीसीआर मेसिन ल्याउने र आधुनिक उपकरण ल्याउने कार्य अघि बढेको उनले बताए ।
“थप आधुनिक उपकरण ल्याउनेमा हाम्रो ध्यान गएको छ । त्यसमा हामीले कदम चालिराखेका छौं,” उनले भने । कोरोनाको कारणले मात्र १५ जनाको मृत्यु नभएको भन्दै उनले अरू देशको तुलनामा संक्रमितमध्ये मृत्यु हुनेको साख्या अरू देशको भन्दा कम नै हुने बताए । नेपालीको प्रतिरोध क्षमता र उपचारको प्रबन्ध नेपालमा राम्रो भएको भन्दै उनले मृत्युदर कम हुने दाबी गरे । विदेशमा १३ देशमा १ सय २७ नेपालीको मृत्यु भएको उनले जानकारी दिए ।
तत्काल गर्न सकिने नयाँ प्रविधि ल्याउने प्रयास सरकारले तीव्रताका साथ गरिरहेको उनले बताए । “थप वर्तमान अवस्थाको कठिनाईमा परिवर्तन ल्याउनेमा सरकारको ध्यान केन्द्रित छ,” उनले भने । पीसीआर परीक्षणबाट १ लाख ६ हजार ३ सय ३० र आरडीटीबाट १ लाख ६६ हजार १ सय ५८ को हालसम्म परिक्षण गरेको पनि उनले जानकारी दिए ।