चितवन : चितवनमा आज देखी लकडाउनमा थप कडाई गरिएको छ । चितवनमा हिजो एकैदिन ३० जनामा कोरोना संक्रमण देखिएपछि लकडाउनमा थप कडाई गरीएको हो । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले संक्रमितको संख्या एकैपटक धेरै संख्यामा वृद्धि भएकाले आजदेखी थप कडाई गरिएको बताउनु भयो ।
भट्टराईका अनुसार लकडाउनमा थप कडाई गरेका छौ लकडाउनको पालना गर्न सबै चितवनबासीमा आग्रह गर्दछु । उनले लकडाउनको पालना गर्न आग्रह गर्दै लकडाउन उल्लंघन गर्दै अघि बढे अवस्था भयावह हुन सक्ने भएकाले सचेत हुन आग्रह गर्नु भएको छ ।उनले सवारी संचालन र पसल खोल्नमा थप कडाई गरीएको बताउनु भयो बताए । अत्याबश्यकका सबारी तथा खाद्यान्न का पसलहरु र पासबाहक सबारी साधन लाई मात्र संचालन गर्न दिईएको छ ।