चितवनः माडी नगरपालिकाको क्वारेन्टिनमा रहेका २७ वर्षिय युवाको ज्वरोका कारण मृत्यु भएको छ । उनको आज भरतपुर अस्पतालमा मृत्यु भएका हो ।
जेठ १३ गते भारतबाट उपचार गरि फर्किएका उनी माडी नगरपालिकाको दिवाकर स्मृति बिद्यालयको क्वारेन्टिनमा रहेका थिए । नसाको रोगका कारण उनीउपचारका लागि दिल्लि गएका थिए । माडी नगरपालिका वडा नम्बर ६ का ति युवालाई ज्वरो आए पछि क्वारेन्टिनबाट थप उपचारका लागि शुक्रबार भरतपुर अस्पताल पठाईएको माडी नगरपालिकाका सूचना अधिकारी प्रबिण भण्डारीले जानकारी दिनुभयो । उनलाई अस्पतालको आईसियूमा राखि उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !