काठमाडौंः नेपालमा नोभेल कोरोना भाइरसका २७८ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार देशभर पछिल्लो २४ घण्टामा २७८ कोरोना संक्रमित थपिएका हुन् । उहाँका अनुसा कोरोना भाइरसको संक्रमण देखिनेमा २६७ जना पुरुष र ११ जना महिला रहेका बताछन्।
देशभर कुल कोरोना भाइरस संक्रमितको संख्या दुई हजार ९१२ पुगेको छ । आज सातै प्रदेशका विभिन्न क्वारेन्टाइनमा १ लाख ६६ हजार ८६५ जना छन् ।

नोभेल कोरोना भाइरसको संक्रमणबाट सुर्खेतको पञ्‍चपुरीका २८ वर्षीय पुरुष मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस !