काठमाडौः सरकारले लक्षणविहीन र सामान्य लक्षण भएका कोरोना संक्रमित अब घरमै आइसोलेसनमा बस्नसक्ने जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड(१९ को आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिका जारी गर्दै सामान्य लक्षण भएका कोरोना संक्रमितलाई घरमै बस्न आग्रह गरेको हो । घरमै आइसोलेसनमा बस्दा केही शर्तहरु पालना भने गुर्नपर्ने जनाएको छ ।
“हालसम्म कोरोना भाइरस ९कोभिड(१९० महामारी भोगिरहेका अन्य देशहरुको अनुभवबाट पाठ सिक्दै उपलब्ध अस्पतालहरुको सीमित क्षमतालाई समेत मध्यनजर गरी लक्षण तथा चिन्हहरु नभएका र सामान्य लक्षण तथा चिन्हहरु भएका केशहरुको घरमै राखेर समेत व्यवस्थापन गर्न सकिने देखिन्छ,” निर्देशिकामा उल्लेख छ ।
हावा खेल्ने र प्रकाश पर्याप्त आउने छुटै कोठाको व्यवस्था मिलाउने, उपचार अवधिभर बाहिर ननिस्कने, दिनमा कम्तीमा तीनपटक ज्वरो जाँच गरी रेकर्ड राख्ने, आवश्यक सामग्री परिवारका अन्य सदस्यमार्फत मगाउने, खानपानको व्यवस्थामा विशेष सावधानी अपनाउनु पर्नेछ, तोकिएको मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुराहरु खानेलगायतका शर्तहरु निर्देशिकामा उल्लेख छन् ।
त्यसैगरी, स्नानघर, शौचालयको छुट्टै व्यवस्था मिलाउने र सामूहिकरुपमा प्रयोग हुने वस्तुहरु, ब्रसलगायतको सामानहरु राख्ने छुटै व्यवस्था गर्ने, प्रयोग गरेका भाडाहरु सुरक्षित रुपले सफा गर्ने र राम्रोसँग सुकेपछि मात्रै पुनः प्रयोग गर्ने र हरेक दिन दुई पटक आफ्नो स्वास्थ्य अवस्थाको बारेमा सम्बन्धित स्वास्थ्यकर्मीलाई फोन वा एसएमएसबाट जानकारी गराउनेसमेत उल्लेख छ ।
आइसोलेनमा बसेकाहरूमध्ये लक्षण नदेखिएकाहरू १४ दिनपछि छुट्नेछन् भने हल्का लक्षण देखिएकाहरू १४ दिनपछि लक्षण निको भएको तीन दिनपछि आइसोलेसननबाट निस्कन सक्नेछन् । तर यसको लागि चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रमाणीकरण गर्नुपर्नेछ ।