काठमाडौंः कञ्चनपुरका कोरोना संक्रमित स्वास्थ्यकर्मीले स्वास्थ्य सामग्री अभावका कारण आफू संक्रमित भएको बताएका छन् । गुणस्तरयुक्त प्रयाप्त स्वास्थ्य सामग्री उपलब्ध गराउन पटक पटक माग गरे पनि सरकारले नसुनेको उहाँको गुनासो थियो ।

पत्रकारहरु संग कुरा गर्दै उहाँले भन्नुभयो, ‘संक्रमण हुनुको मुख्य कारण भनेको स्वास्थ्य सुरक्षा सामग्री प्रयाप्त नभएर हो । प्रयोग भएका स्वास्थ्य सामग्री पनि कमसल खालका छन् । डब्ल्यूएचओको मापदण्ड अनुसारको नभएको हुनाले संक्रमण भएको हो ।’
उहाँले आफू प्रयोगशालाकर्मी भएको र प्रयोगशालामा खटिनेहरुलाई सरकारले फरक नजरले हेर्ने गरेको गुनासोसमेत गर्नुभयो । ‘कसैलाई पनि विभेद गर्नु भएन, समान तरिकाले हेर्नुपर्यो,’ उहाँले भने, ‘प्रयोगशालाकर्मीलाई एउटा दृष्टिकोणले हेर्ने, चिकित्सकलाई एउटा दृष्टिकोणले हेर्ने, नर्सलाई एउटा दृष्टिकोणले हेर्ने होइन, सबै समान हुन् । पर्दा पछाडिको डाक्टर प्रयोगशालाकर्मी हुन् तर त्यति सम्मानचाहिँ पाइँदैन ।’

प्रतिक्रिया दिनुहोस !