
काठमाडौंः कञ्चनपुरमा एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतबाट आएका नेपालीहरुको स्वास्थ्य परीक्षण गर्न कञ्चनपुरको गौरिफन्टा नाकामा खटिएका स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको हो ।
संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ । उहाँले आफ्नो स्वास्थ्य सामान्य रहेको र कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको बताउनुभयो ।
उहाँले तीनै तहका सरकारबीच कामको तालमेल नमिल्दा र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीत काम गर्नुपर्दा स्वास्थ्यकर्मीहरु जोखिममा परेको बताउनुभयो । पीपीई लगायतका सुरक्षा सामग्री अभावमा काम गर्नुपरेको पनि उहाँले जानकारी दिनुभयो ।