
चितवनः कोरोना संक्रमण देखिए संगै भरतपुर अस्पतालमा उपचाररत महिलाको दोस्रो पटकको पिसिआर नतिजा पनि नेगेटिभ आएको छ । गर्भवर्ती महिलालाई कोरोना संक्रमण देखिए लगत्तै उनलाई हेटौडाबाट उपचारका लागि गत बुधबारनै भरतपुर अस्पताल पठाईएको थियो ।
भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार कोरोना पुष्टि भएको चार दिनको दिन उनमा संक्रमण निको भएको हो । कोरोना संक्रमणको आशंकामा वैशाख ९ गते हेटौडामा गरिएको परिक्षणका आधारमा एक सात पछि पुनः स्वाब संकलन गरी दुई पटक सम्म परिक्षण गरिएको उहाँले जानकारी दिनुभयो ।
भरतपुर अस्पताल कोभिड १९ क्लिनीकल टिकमा संयोजक डा. प्रमोद पौडेलले संक्रमित महिलामा रोग प्रतिरोधात्मक क्षमता राम्रो भएकाले पुष्टि भएको चार दिनमानै निको भएको बताउनुभयो ।
दुई पटकको परिक्षणमा कोरोनाको नतिजा नेगेटिभ आए संगै आईतबार विहान उनलाई डिस्चार्ज गर्ते तयारी गरिएको डा. पौडेलले जानकारी दिनुभयो । उनी र उनका श्रीमान भरतपुुर महानगरपालिका वडा नम्बर १२ मा बस्दै आएका थिए । उनीहरु बस्ने घरका घरधनीहरुको पनि स्वाब परिक्षणका क्रममा नेगेटिभ आई सकेको छ ।