चितवनः भारतमा रहेका नेपालीहरु नेपला प्रबेश गरे संगै कोरोना संक्रमणको दर पनि वढ्दै गएको छ । यसै क्रममा कपिलबस्तुका थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षण चार जनाको कोरोना पोजेटिभ भेटिएको स्रोतले जानकारी दिएको छ । केहीदिन अघि मात्र उनिहरुको स्वाब परिक्षणका लागि भरतपुर ल्याइएको थियो ।
आजै नवलपुरका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । औपचारीक जानकारी स्वास्थ्य मन्त्रालयले नियमित कार्यक्रम मार्फत दिनेछ ।