देवचुलीका दुई जनामा कोरोना पुष्टि

चितवनः भरतपुर कोभिड –१९ प्रयोगशालामा परिक्षण गरिएका दुई वटा नमुनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जेष्ठ १४ गते संकलन गरिएका ७३ वटा नमुना मध्ये दुईवटाको नतिजा पोजेटिभ र अन्यको नेगेटिभ आएको भरतपुर अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार संक्रमित हुनेमा देवचुली नगरपालिका वडा नम्बर ११ र १५ का क्रमश १९ र २१ बर्षिय पुरुष रहेका छन् । उनीहरु गत जेठ ९ र १२ गते भारतबाट आई देवचुली नगरपालिकाको क्वारेन्टिनमा रहेका थिए । संक्रमण देदिए संगै मध्यबिन्दु अस्पतालको आईसुलेसनमा राखिएको छ। संक्रमित दुवै जनाको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।