
काठमाडौंः अर्थमन्त्री युवराज खतिवडाले चालु वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गरेका छन् । संघीय संसदमा आर्थिक वर्ष ०७६र७७ को आर्थिक सर्वेक्षण पेस गर्दै उनले कोरोनाका कारण अर्थतन्त्रको परिसूचकमा चाप पर्दै गएको बताए ।
कोरोना अघिसम्म देशको आर्थिक परिसूचक सन्तोषजनक रहे पनि कोरोनापछि चाप पर्दै गएको उनले बताए । कोरोनाका कारण आर्थिक गतिविधि रोकिँदा चाप परेको उनले बताए । सरकारले चालू आर्थिक वर्षमा साढे ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने अनुमान गरेको थियो । तर, कोरोनाका कारण आर्थिक वृद्धि २र३ प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।
उहाँले १६ प्रतिशत निरपेक्ष गरिबी रहने अनुमान गरिएको बताउनुभयो । व्यापार घाटामा सुधार आएर शोधनान्तरस्थिति बचतमा रहेको उहाँले बताउनुभयो।
मूल्यवृद्धिदर एकल अंकमा सीमित भए पनि गत वर्षको तुलनामा यसपटक महँगी बढेको उहाँले बताउनुभयो। अर्थमन्त्री खतिवडाले चालु आवको आठ महिनाको आर्थिक अवस्था, नीति कार्यान्वयन र विकासबारे संसद्लाई जानकारी गराएका हुन् । आगामी बजेट सार्वजनिक गर्नुअघि अर्थमन्त्रीले संसदलाई चालु वर्षको अवस्थाबारे जानकारी दिनुपर्छ।