चितवनः भरतपुर अस्पतालको सघन उपचार कक्षमा मृत्यु भएका पुरुषको पिसिआर नतिजा नेगेटिभ आएको छ । रामग्राम नगरपालिका वडा नम्वर ८ नवलपरासी निबासी ४८ वर्षिय पुरुषको मृत्यु पछि आज गरिएको स्वाब परिक्षणको नतिजा नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार निमोनियको संक्रमणका कारण उनी आईतबार राती १२ वजे भरतपुर अस्पतालमा उपचारका लागि आएका थिए । उनको उपचारका क्रममा बिहान ३ वजे मृत्यु भएको थियो । मृत्यु भएका ती पुरुषको स्वाब संकलन गरि भरतपुर कोभिड १९ प्रयोगशालामा पिसिआर परिक्षण गरिएको थियो । छाती पोल्ने, स्वासप्रश्वासमा समस्या देखिए पछि थप उपचारका लागि लुम्बिनि अञ्चल अस्पतालबाट यहाँ पठाईएको हो ।