आज एकैटक थप ७२ जनाकाे काेराेना परीक्षण रिपोर्ट पोजिटिभ आएकाे छ ।

अब कुल संख्या ६७५ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रौतहटमा एकैपटक २६ जनामा संक्रमण पुष्टि भएको छ भने बारामा २३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै दैलेखका ७ जनामा, बाँकेका ४ जनामा, काठमाडौं, कपिलवस्तु र धनुषाका ३–३ जनामा, सप्तरीका २ जनामा र बर्दियाका १ जनामा कोरोना पुष्टि भएको हो । यीमध्ये एकजना मात्रै महिला छन् । उनी दैलेखकी २५ वर्षीया युवती हुन् ।

प्रतिक्रिया दिनुहोस !