चितवनः भरतपुर महानगरपालिकाको आज दिउँसोका लागि तय गरिएको ४३ औं बैठक स्थगित भएको छ । कोरोना अस्पतालमा भएको अनियमितता र चोरीको बिषयलाई लिएर काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले वैठकमा सहभागिता नजनाउने जनाए पछि वैठक अनिश्चित कालका लागि स्थगित गरिएको हो ।
कोरोना अस्पतालमा भएको अनियमितताको निश्पक्ष छाविन र चोरीको आरोप लागेका कर्मचारीलाई निलम्बन गरि छानविन गर्न माग गर्दैं उनीहरुले केही साता अघि महानगर प्रमुलाई ज्ञापन पत्र बुझाएका थिए । आँफुहरुको ज्ञापनपत्र माथि कुनै कारवाहि नभएको भन्दैं काँग्रेसका जनप्रतिनिधिहरुले आज हुने भनिएको बैठकमा सहभागिता नजनाउने जनाएका थिए ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले महानगर प्रमुखको आदेशमा आज दिउँसो १ वजेका लागि बैठक बोलाउनु भएको थिये । अनलाईन बैठक गरिने भनिएको भए पनि वैठकमा काँग्रेसबाट निर्वाचित उपमेयर सहित वडा अध्यक्षहरुले वहिस्कार गर्ने जनाए पछि बैठक स्थगित गरिएको हो ।
आँफुहरुको माग सुनुवाई नभए सम्म कुनै पनि वैठक र कार्यक्रममा सहभागि नहुने उपप्रमुख पार्बती शाह ठकुरीले जानकारी दिनुभयो । हाम्रो माग भनेको कोरोना अस्पतालमा भएको भनिएको चोरीको घटनामा संलङ्न कर्मचारीलाई कारवाही गर्ने र सत्यतथ्य छानविन गर्ने हो यो पुरा नभए सम्म हामी वैठकमा सहभागि हुँदैनै उहाँले बताउनुभयो । आज बैठक भन्दा केही घण्टा अगाडी वार्ताका लागि वोलाईएको भए पनि वैठकको मुखमा आएर वार्ता नहुने जानकारी आँफुहरुले गराएको उहाँले बताउनुभयो ।