काठमाडौंः कोरोना संक्रमणको समयमा मुलधारमा रहेर पत्रकातिा गर्नेहरु संक्रमणको सिकार वन्ने गरेका छन् । नेपालमा कोरोना संक्रमित पत्रकारको संख्या पाँच पुगेको छ । आज बाराका कोरोना संक्रण पुष्टि भएका एक जना पत्रकार भएको खुलेको छ ।
सोमबार स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको गरेको थियो ।
बाराको करैयामाई निवासी उनी पत्रकार रहेको स्रोतले बतायो । उनी बारा जिल्लाका पाँचौं संक्रमित हुन् ।
यसअघि पर्सामा सक्रिय २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कुल कोरोना संक्रमित पत्रकारको संख्या ५ पुगेको छ ।
संक्रमित पत्रकारहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।