चितवनः लामो लकडाउन संगै बिहान र साँझ हिड्नेहरुको संख्या वढ्दै गएको छ । साँघुरा वाटा र हिड्नेहरुको संख्या वढे पछि जोखीम थपिएको चिकित्सकहरु वताउँछन् ।
मानव स्वास्थ्यका लागि व्यायम अतिआबश्यक पर्दछ । चिकित्सकहरुले पनि विहान वेलुकी हिड्न सुझाब दिने गर्दछन् । यतीवेला लकडाउनका कारण दिनभर घरमा खाएर बस्ने मात्रै गर्दा बिभिन्न रोग लाग्न सक्ने जोखिम छ ।
भरतपुर अस्पतालका मेडिकल बिभाग प्रमुख डा. प्रकाश खतिवडा भिडमा वाहिर नहिड्न सुझाब दिनुहुन्छ । तीन मिटर फरकमा गुणस्तरीय मास्क लगाएर हिड्न सकिने भए पनि त्यो सबै व्यवस्थापन शहरी क्षेत्रमा सम्भव नहुने भएकाले जोखिम नमोल्न उहाँको सुझाब छ ।
घरमा योग गर्न सुझाब दिदै खतिवडाले अहिलेको अबस्थामा सवै सचेत हुनुपर्ने बताउनुभयो । साँघुरा सडकमा गाडी आउँदा बिचको भाग छोड्नु पर्छ । छेउबाट भिड गरि हिड्दा उच्च जोखिमको सम्भावना रहन्छ ।
बरिष्ठ फिजिसियन डा. कालिदाश अधिकारी सामाजिक दुरी कायम गरेर तीन पत्रे (ट्रिपल लेयर)सर्जिकल मास्क प्रयोग गर्दा कम जोखिम भए पनि भिडमा नहिड्नुनै उपयुक्त भएको बताउनुहुन्छ । अहिले वजारमा त्यस्ता मास्क पाउनै मुस्कील भएको भन्दै यो जोखिमको समयमा घरमानै व्यायम गर्न उहाँले सुझाब दिनुभयो । पहाडी र खाली ठाउँमा हिडडुल गर्न र सामाजिक दुरी कायम गरि खेतमा काम गर्न सकिए पनि शहरी क्षेत्रमा नहिड्न उहाँले सुझाब दिनुभयो ।
अहिले जिल्लाको शहरी क्षेत्रमा विहान सवेरै देखि र साँझ हुलका हुल मानिस हिड्ने गरेको पाईन्छ । बिगतमा भन्दा धेरै मानिस हिड्ने गरेको देखिन्छ । मास्क विना र साधारण कपडाको मास्कमा हिड्डुल गरेको पाईन्छ । सामाजिक दुरी कायम गर्न कठिन छ । नजिकैबाट हिड्नेले खोक्दा, थुक्दा, हाँच्यू गर्दा यसको जोखिम हुने अधकारीको भनाई छ ।
घरमानै बस्ने र व्यायम गर्ने गरेमा सबै रोगबाट बच्न सकीने चिकित्सकको सुझाब छ ।

प्रतिक्रिया दिनुहोस !