चितवनः कोरोना भाईरसको संक्रमण वढे संगै स्थानीय प्रशासनले लकडाउनलाई थप कडाई गरेको छ । जिल्लाका चोक चोकमा नेपाल प्रहरी र शशस्त्र प्रहरीले चेकजाँच वढाए संगै आवतजावत न्यून भएको छ । अत्याबश्यक सवारि साधन मात्र चलेका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिंखडाका अनुसार नारायणी पुलबाट एक जना प्रदेश सभा सदस्यलाई समेत फिर्ता गरिएको छ । सवारी अनुमती पत्र नलिई आउनुभएका उहाँलाई सम्झाएर पठाईएको हो । उहाँले भन्नुभयो “अत्यावश्यक वाहेक कसैलाई पनि जिल्ला छिर्न दिईएको छैन ।” यसै जिल्ला हुँदै राजधानी प्रबेश र वाहीरिने संख्या वढि हुने गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माका अनुसार भिडभाड नगरी वैंक संञ्चालन गर्न दिईएको छ । भिड भएका वैंकहरु तत्काल वन्द गर्न लगाईएको छ । दमकल, एम्बुलेन्स, शव वाहन, स्वास्थ्य कर्मी र पत्रकारका सवारी साधन चलेका छन् । औषधि, दुध, तरकारी र खाध्यन्न ढुवानीका सवारी साधनलाई मात्र चल्न दिईएको उहाँले जानकारी दिनुभयो ।

यस संगै स्थानीय प्रशासनले अनुगमनमा तिब्रता दिएको छ । अटेर गर्नेलाई कारवाही गरिएको छ । सवारी चेक जाँच वढाए संगै आवतजावत पनि घटेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका नायव प्रहरी उपरिक्षक एकनारायण कोईरालाका अनुसार बिहिबार विना अनुमति हिडडुल गर्ने ३८ सवारी साधन र १५ जनालाई नियन्त्रणमा लिईएको थियो । व्यक्तिहरुलाई छाडीएको छ भने सवारी साधन प्रहरीले राखेको छ । लकडाउन सुरु भए यता जिल्लामा १ हजार १ सय ८८ सवारी साधन नियन्त्रणमा लिई कारवाही गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !