चितवनः जिल्ला प्रशासन कार्यालय चितवनले लकडाउनको समयमा अनावश्यक काममा नहिड्न आग्रह गरेको छ । कोरोना भाईरसको संक्रमण वढ्न सक्ने भन्दै बाहिर ननिस्कन आग्रह गरिएको हो । कार्यालयले टोलटोलमा नागरिक निगरानी समुह गठन गर्न लगाउने जनाएको छ । कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले कोरोना भाईरस संक्रमण रोक्नका लागि टोलटोलमा नागरिक निगरानी समुह गठन गर्न लागिएको जानकारी दिनुभयो ।
भट्टराईको अध्यक्षतामा वसेको जिल्ला कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले हरेक टोलमा नागरिक स्तरबाटै निगरानी समुह वनाउने निर्णय गरेको थियो । सो समुहले टोलमा अनावश्यक मानिसको जमघट भएको, बाहिरबाट आएका व्यक्तिहरु लगायतको सूचना दिने र यस्ता कार्यलाई रोक्न सहयोग गर्ने छ । टोल बिकास संस्थाहरुले समुह गठनका गर्ने हउहाँले जानकारी दिनुभयो ।
सरकारले लागु गरेको लकडाउन जिल्लामा कार्यान्वयनको स्थिति सन्तोष जनक भएको भए पनि अझै व्यवस्थित वनाउनका लागि समुह गठन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । कोभिड १९ को संक्रमण रोकथाम र न्यूनीकरणका लागि संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार सरकारले जारि गरेको आदेश वमोजिक सरकारी कार्यालय, उद्योग व्यापार लगाएतका क्षेत्रका गतिविधिमा नियमन र नियन्त्रण भईरहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।
कोभिड १९को संक्रमण रोकथाम र नियन्त्रणको कार्यलाई यथावत राख्दै जनजीवन क्रमश सामान्य तर्फ लैजानका लागि औषधि, स्वास्थ्य सामाग्री जस्ता अत्याबश्यक बस्तु बिक्रि बितरण, खाध्यन्न बस्तु लगाएतका कृषि र पशुपंक्षी जन्य उत्पादन तथा बिक्रि बितरण, औद्योगिक बस्तुको उत्पादन बिक्रि बितरण, बिकास आयोजनाहरुको संञ्चालनका लागि आबश्यक पर्ने ढुङ्गा, गिट्टी वालुवा जस्ता सामाग्री ढुवानी तथा न्यूनतम बित्तिय सेवाहरु सुचारु गर्न पूर्ब साबधानीका साथ गर्नु पर्ने उहाँले वताउनुभयो ।
पत्रकार सम्मेलनमा उद्योग कलकारखानामा काम गर्ने मजदुरहरुलाई खान वस्नका लागि व्यवस्था उद्योगीलेनै गर्नु पर्ने, अत्याबस्यक काम वाहेक वाहिर ननिस्कने, बाह्य जिल्लाबाट चितवन प्रबेशमा कडाई गर्ने, सवारी पास स्थानीय निकायको नभई प्रशासनले जारि गरेकोलाई मान्यता दिने लगाएतका निर्णय भएको उहाँले जानकारी दिनुभयो । सरकारले जारि गरेको लकडाउनको पालना गर्दै माक्स, पन्जा नियमीत रुपमा लगाउन जिल्ला प्रशासन कार्यालयले सबैलाई अनुरोध समेत गरेको छ ।






