चितवनः लकडाउन संगै नबिके पछि नष्ट गरिदैं आएको कुखुराका चल्ला बिक्न थालेका छन् । लकडाउन केही खुकुलो भए संगै कृषकले खोरमा कुखुराका चल्ला राख्न थालेका हुन ।
पछिल्लो समय दानाको कच्चा पदार्थको मूल्यमा पनि भारी गिरावट आएको छ । यस संगै दाना उद्योगहरुले दानाको मूल्य घटाउन थालेका छन् । जिउँदो कुखुराको मूल्य पनि वढे पछि कृषकले चल्ला राख्ने क्रम वढेको हो ।
नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष टिकाराम पोख्रेलका अनुसार गएको आईतबार उत्पादन भएका सबै चल्ला बिकेका छन् । सामान्यतय ह्याचरीले आईतबार र बुधबार चल्ला निकाल्ने गर्दछन् । पोख्रेलका अनुसार आईतबार रु २५ हाराहारीमा ब्रोईलर, रु ८० मा लेयर्स र रु ५० मा कलर व्रोईलर चल्ला बिकेका थिए । व्रोईलर चल्लाको माग वढ्दै गएकाले यो साताको बुधबार ह्याचरी उद्योगले ब्रोईलर चल्लाको रु ३५ हाराहारी मूल्य पाउने अनुमान व्यवसायीको रहेको छ ।
अहिले सातामा ब्रोईलर चल्ला २५ देखि ३० लाख, लेयर्स १ लाख ३० हजार र कलर व्रोईलर २ लाख हाराहारी उत्पादन हुँदै आएको छ । लकडाउन अघि व्रोईलर चल्ला ३५ लाख उत्पादन हुने गरेको थियो । हाल जिउँदो कुखुराको मूल्य रु २ सय देखि २ सय १० मा बिक्रि हुन थालेको छ । यो मूल्य लागत मूल्य भन्दा माथिको मूल्य हो । यसलाई कृषकले राम्रो मूल्यको रुपमा लिने गर्दछन् ।

कुखुरापालक कृषक एबं व्यवसायीहरुरुको छाता संस्था नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष समेत रहनु भएका पोख्र्रेल लकडाउन संगै दैनिक चल्लामा रु ३ करोड ४५ लाख ७० हजार नोक्सान वेहोर्नु परेको बताउनुहुन्छ । ४८ दिन सम्म चल्ला पुर्नु पर्दा रु १ अर्व ६५ करोड ९३ लाख ६० हजार हाराहारी प्रत्यक्ष नोक्सानी भएको उहाँको भनाई छ । अप्रत्यक्ष रुपमा यसको प्रभाव दिर्घकालीन रुपमा पर्ने देखिन्छ ।
देशभरमा ३ सय २४ वटा ह्याचरी उद्योग रहेका छन् । ह्याचरीमा प्यारेन्ट नेपाल संगै थाईल्याण्ड, मलेसीया, फिलीपीन्स, अमेरीका, वेलायत, भारत लगाएतका देशबाट ल्याउने गरिन्छ । ब्रोईलर चल्लाको लागत मूल्य रु ५७.४५ पैसा, कलर ब्रोईलरको रु ४० र लेयर्सको रु ९५ पर्ने पोख्रेल बताउनुहुन्छ ।
नेपालमा कुखुरापान क्षेत्रमा १ सय २० अर्ब लगानी भएको व्यवसायीहरु बताउँछन् । जसमध्ये ह्याचरीमा मात्र रु २० अर्ब भन्दा बढी लगानी भएको पोख्रेलको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस !