चितवनः नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले व्यवसायीहरुलाई सिन्डिकेट लगाउने गरेको पाईएको छ । महासंघ आँफैले व्यवसाय नगर्ने भए पनि व्यवसायीहरुलाई भने सिन्डिकेट गर्ने गरेको हो ।
यसको पछिल्लो उदाहारण पूर्बी चितवनका एक व्यवसायी बनेका छन् । उनले बिद्यार्थीलाई कलम किन्दा १२ रुपैंया छुट दिएको भन्दै महासंघले १० हजार रुपैंया जरिवाना लगाएको छ । जरिवाना मात्रै होईन सो पुस्तक पसललाई पुस्तक समेत खरिदका लागि रोक लगाएको छ ।
रत्ननगर नगरपालिका वडा नम्बर २ मा रहेको नेपाल माध्यामिक बिद्यालय अगाडीको न्यू गोर्खाली पुस्तक पसलले कलम विक्री गर्दा रु १२ छुट दिएकै कारण रु १० हजार जरिवानामा परेको हो । पसलका सञ्चालक नारायण रेग्मीले एक बिद्यार्थीलाई प्रयोगात्मक पुस्तक र कलमको रु ५ सय १२ भएकोमा रु ५ सय मात्र लिएकाले आँफु कारवाहीमा परेको बताउनुभयो । उहाँले भन्नुभयो “लकडाउनको समयमा जरिवाना रकमको चेक दिदाँ समेत नमानेर मलाई पुस्तक बेच्न दिईएन ।” एउटा वच्चाले आँफु संग रकम नभएको भनि आग्रह गरे पछि कलममा रु १२ छुट गरेको स्विकार गर्दै उहाँले आँफुमार्थी नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ चितवन शाखाले अन्याय गरेको बताउनुभयो ।
महासंघलाई जरिवाना तिरेको रसिद माग्दा पनि सहयोग भनेर दिएको उहाँले बताउनुभयो । जरिवानाको रकम चेक मार्फत तिर्छु भन्दा पनि महासंघले नमानेको उहाँको भनाई छ । महासंघले सिन्डिकेट लागु गरेको भन्दै उहाँले महासंघ भएको अनुभूती नभएको बताउनुभयो ।
यस बिषयमा जिल्ला प्रशासन कार्यालय चितवनमा गत हप्ता उजुरी गरेको भए पनि सुनुवाई नभएको उहाँको भनाई छ । यही अभियोगमा गत वर्ष पनि संस्थाले आँफुलाई रु ११ हजार २ सय जरिवाना लगाएर अशुल गरेको उहाँले बताउनुभयो । रेग्मीले सो ठाउँमा बिगत आठ वर्ष देखि पुस्तक पसल संञ्चालन गर्दै आउनु भएको छ ।
व्यवसायीले छुट गर्दा सेन्डीकेट लगाउन नमिल्ने हुँदा सम्बन्धित पक्षलाई कारवाही गर्नु पर्ने रेग्मीले माग गर्नुभयो । यता महासंघ चितवन शाखाका अध्यक्ष राजेन्द्र तिवारीले अस्वस्थ प्रतिस्पर्धा नगर्न भनिएको भए पनि कारवाही र पुस्तक नदिन पत्राचार नगरिएको दावि गर्नु भयो । उहाँले महासंघले बिक्रि गर्ने नभएर व्यवसायीले पुस्तक बिक्रि गर्ने भएकाले उहाँहरु संग नै समन्वय गरेर पुस्तक ल्याउनु पर्ने बताउनुभयो । जिल्लामा ३ सय ७५ वटा पुस्तक पसल महासंघमा दर्ता छन् ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले रेग्मीको उजुरीका सम्बन्धमा कारवाही प्रकृया अघि वढाईएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !