काठमाडौंः कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा। समिरकुमार अधिकारीले दिएको जानकारीअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको नयाँ परीक्षणमा थप १० जनामा कोरोना देखिएको हो । कपिलवस्तु यशोधरा गाउँपालिका र बुद्धभूमि नगरपालिका ७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४ र ३४ वर्षका पुरुषहरु छन् भने अर्का एकजनाको उमेर खुलेको छैन ।
यीसँगै नेपालमा कोरोना संक्रमणको संख्या १२० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !