ब्रा र पेन्टी खोलेर सुत्दा फाईदा नै फाईदा

शरीरलाई सुरक्षित राख्न र फिट देखाउन दिनमा ब्रा र पेन्टी लगाउन त अनिवार्य छनै तर, राति सुत्ने बेलामा खोल्ने बानी बसाल्नु स्वास्थ्यका लागि अत्यन्तै लाभदायिक छ । राती सुत्ने बेलामा भित्री वस्त्र खोलेर सुत्दा के-कस्तो फाइदा छन् त आउनुहोस् जानिराखौ:

१. रक्तसञ्चार सुचारु हुन्छ
ब्रा–पेन्टी कसिलो हुने भएकाले यसले रक्तसञ्चारलाई सुचारु हुन बाट रोक्छ, जसले दीर्घकालमा स्वास्थ्य अनेकौ प्रकारका समस्या निम्त्याउन सक्छ ।

२. दाग बस्दैन
ब्रा र पेन्टी लगाएर सुत्दा इलास्टिकले छालामा रातो दाग बस्न सक्छ । पछि त्यही दाग कालो बन्न पुग्छ । अझ, गर्भवती अथवा स्तनपान गराउने महिलाले त सुत्दा खुकुलो ब्रा लगाउनु अत्यन्तै राम्रो मानिन्छ ।

३. गहिरो निद्रा पर्छ
ब्रा र पेन्टी खोलेर सुत्दा गहिरो निद्रा पर्छ । किनकि, यसरी सुत्दा शरीरले खुकुलो महसुस गर्न पाउछ । जसले गर्दा श्वासप्रश्वास र रक्तसञ्चार दुवै सुचारु अवस्थामा रहन्छ र राम्रोसँग निद्रा पर्छ ।४. आराम हुन्छ
ब्रा र पेन्टी लगाएर सुत्दा रक्तसञ्चार र श्वासप्रश्वासमा अवरोध हुन सक्छ । जसले गर्दा शरीरका कोषमा पर्याप्त मात्रामा अक्सिजन र न्युट्रिसन्स पुग्न पाउँदैन, त्यस्तो भयो भने शरीर थकित बन्छ ।

५. स्तनसम्बन्धी रोग लाग्दैन
टाइट ब्रा लगाएर सुत्ने महिलामा स्तन सुनिने, स्तनमा पानी जम्नेजस्ता समस्या आउन सक्छ । त्यसैले, त्यस्तो समस्या बाट ब च्नका लागि राति सुत्दा ब्रा खोलेर सुत्ने गर्नुपर्छ ।

६. पसिना आउँदैन
धेरै पसिना आउने ब्यक्तिको लागि पनि राती सुत्दा भित्री वस्त्र खोलेर सुत्नाले पसिना कम हुन्छ ।

७ क्यान्सरको जोखिम कम गर्छ
कँसिलो ब्रा लगाएर सुत्ने युवतीलाई स्तनको क्यान्सर हुने जोखिम बढी रहेको हुन्छ । कँसिलो ब्राले स्तन वरिपरिको भागमा रक्तसञ्चार सुचारु हुन दिँदैन । जसले गर्दा क्यान्सरको जोखिम धेरै बढ्छ । त्यसैले, यि सबै समस्याहरु बाट ब च्नका लागि राती सुत्ने बेलामा भित्री बस्त्रहरु खोलेर सुत्ने बानी आजै देखी बसाउ ।