काठमाडौंः नेपालगञ्जमा स्थानीयले वडा प्रहरी कार्यालयको गाडीमा तोडफोड गरेका छन् ।
लकडाउनको पालना गराउँदै हिँड्ने क्रममा प्रहरीको गाडीमाथि तोडफोड भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर वलीका अनुसार पसलमा निकै भीडभाड बढेको देखेपछि प्रहरीले लकडाउन पालना गर्न आग्रह गर्दा स्थानीयले गाडीमाथि ढुङ्गा प्रहार गरेका थिए ।
ढुङ्गा प्रहारबाट गाडीको सिसा फुटेको छ । एसपी वलीले प्रहरी र भ्यानमाथि आक्रमण गर्ने एकजना पक्राउ परेका छन् । ढुङ्गा प्रहारबाट केही प्रहरी सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस !