काठमाडौंः नेपाली काँग्रेसका नेता डा। शेखर कोइरालाले राज्य प्रेसप्रति निरंकुश र असहिष्णु बन्दै गएको बताउनुभएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज सम्पुर्ण सञ्चारकर्मीलाई सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै कोइरालाले निजी संचारमाध्यमलाई सूचनाको पहुँचबाट बाहिर राख्नुले सरकार प्रेसप्रति निरंकुश भएको प्रमाणित भएको बताउनुभयो ।

उहाँले भन्नुभएको छ “सरकारी सूचनाको पहुँचबाट निजि सञ्चारमाध्यमलाई बाहिर राखिनु र सञ्चारकर्मीलाई काम गर्ने वातावरण नहुनु दुखद पक्ष हो ।”

प्रतिक्रिया दिनुहोस !