चितवनः नेपाल तरुणदल चितवनले भरतपुरमा रहेको भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पतालमा भएको अनियमितता, संसद अपहरण लगाएतका बिषयलाई लिएर आज चौबिसकोठीमा बिरोध प्रदर्शन गरेको छ ।
अस्पतालमा भएका सामानको चोरी, अनियमीतता, प्रधानमन्त्रीले जनताको स्वास्थ्यमा ख्याल नगरेको, संसद अपहरणमा जोडिएकालाई कारवाही नगरेको लगाएतका बिषयलाई लिएर तरुदलले शान्तिपूर्ण प्रदर्शन गरेको तरुणदल चितवनका सचिब प्रल्हाद उप्रेतीले जानकारी दिनुभयो ।
बिहान आयोजना गरिएको प्रदर्शनमा नेपाली काँग्रेसका नेताहरुले सम्बोधन गर्नु भएको थियो । तरुणदल चितवनका उपाध्यक्ष निरन्जन सुवेदीका अनुसार कार्यक्रममा सम्बोधन गर्दै काँग्रेस चितवनका सचिब उत्तम जोशीले स्थानीय सरकारका कर्मचारीहरुको लापरवाहीका कारण जनता आजित वनेको भन्दै तत्काल निलम्बन गरि छानविन गर्न माग गर्नुभयो ।
दोशि भनिएकाहरुलाई कारवाही नगरे सम्म नेपाली काँग्रेसले आनदोलन जारी राख्ने उहाँको भनाई थियो । कार्यक्रममा नेपाली काँग्रेस चितवनका सचिब राजिव न्यौपाने, तरुणदल चितवनका पूर्ब अध्यक्ष काँग्रेसका महासमिति सदस्य राजेश्वर खनाल, तरुणदल चितवनका अध्यक्ष राजन ताम्राकार लगाएतले बोल्नु भएको थियो ।








