काठमाडौंः शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले तारेखमा छाडेको छ ।
थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका अग्रवाललाई बिहीबार नै जिल्ला अदालत, काठमाडौंले २५ लाख ५० हजार धरौटीमा छाडेको थियो । तर अदालत परिसरबाटै प्रहरीले उनलाई पक्राउ गरेर सम्पत्ति शुद्धीकरण विभागमा बुझाएको थियो ।