काठमाडौंः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उत्कृष्ट विभूषण प्रदान गरेको छ । जापान सरकारले प्रदान गर्ने ‘ग्रान्ड कार्डन अफ दी अर्डर अफ दी राइजिङ सन अवार्ड’ पौडेललाई प्रदान गरेको हो ।
जापान सरकारले बिहीबार वरिष्ठ नेता पौडेललाई विभूषण प्रदान गर्ने निर्णय गरेको नेपालस्थित जापानी दूतावासले जनाएको छ । पौडेललाई नेपाल जापानबीचको सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सम्मानमा उक्त अवार्ड दिइएको बताइएको छ ।
यस्तै पौडेलले प्रतिनिधिसभाको सभामुख भएका बेलामा जापान–नेपाल फ्रेन्डसिप पार्लियामेन्टेरियन कमिटी गठन गरेर सांसदहरूबीच अनुभव साटासाट गर्न भूमिका खेलेकाले जापान सरकारले अवार्ड प्रदान गरेको दूतावासले जनाएको छ ।