
चितवनः नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघ चितवनले भरतपुर महानगरको अनुवाईमा स्थापना गरिएको कोरोना बिशेष (अस्थाई) अस्पतालमा भएको चोरी र अनियमितताको छानबिनको माग गरेका छन् । छुट्टा छुट्टै बिज्ञप्ती जारी गर्दै अस्पतालमा भएको चोरी र अनियमीतताको द्धानबिन गर्न माग गरेको हो ।
तरुणदल चितवनका अध्यक्ष राजन ताम्राकार र सचिब प्रल्हाद उप्रेती, नेबिसंघ चितवनका अध्यक्ष सूर्य ढकाल द्धारा छुट्टा छुट्टै रुपमा जारी बिज्ञप्तीमा अनियमीतताका बषियमा बिभिन्न संञ्चार माध्यमहरुमा आएका कुराहरुलाई मध्यनजर गर्दै दोशिलाई निलम्बन गरि कारवाही अगाडी वढाउन माग समेत गरिएको छ । कोरोना भाईरसको संक्रमणको यो समयमा समेत यस्ता घिनलाग्दा कृयाकलापहरु हुनु समाजका लागि नराम्रो भएको बिज्ञप्तीमा जनाईएको छ । बिज्ञप्तिमा संकटको यस घडीमा सबै मिलेर लाग्नु आबश्यक रहेकोमा अस्पताल जस्तो सम्बेदनशील क्षेत्रमा भएको यस कार्य प्रति आँफुहरुको ध्यान केन्द्रीत भएको जनाईएको छ ।