काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक परामर्शका लागि शीतल निवास पुगेका छन् । मन्त्रिपरिषदको बैठक सकिएलगत्तै ओली राष्ट्रपति कार्यालय रहेको शीतल निवास पुगेका हु्न् । पार्टीभित्र ओलीको आलोचना बढेको छ भने सरकार छोड्न दवाव बढ्दो छ ।

यहीबीच आफूले लिने राजनीतिक कदमबारे छलफल गर्न प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसंग परामर्श गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस !