काठमाडौंः सरकारले वैशाख ३१ गतेसम्म अन्तर्राष्ट्रिय सीमाना बन्द (सिल) गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले दुवै छिमेकी देशको अवस्था हेरेर वैशाख ३१ गतेसम्म दुवैतर्फका नाका बन्द राख्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
“अहिलको परिस्थिति हेरेर वैशाख मसान्तसम्म सीमानाका बन्द गर्ने र वैशाख २५ गते मध्यरातिसम्म लकडाउन कायम राख्ने निर्णय गरिएको छ,” उहाँले बताउनुभयो ।
सरकारले अवस्था हेरेर उद्योग, धन्दा, कलकारखाना सञ्चालन गर्न दिने तयारी पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस !