काठमाडौ‌ंः नारायणी उपक्षेत्रीय अस्पतालमा कोरोना भाइरसको संक्रमणको देखिएर उपचाररत चार जना संक्रमति डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आइतबार गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरसको संक्रमण देखिए नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत ४ जनाको कोरोना निको भएर डिस्र्चाज भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “रौतहतका १९ वर्षका पुरुष कोरोना संक्रमण देखिएको १२ औँ दिनमा र भारतीय नागरिक ३ जना अन्य १५ दिनमा आज डिस्र्चाज भएका छन् ।”

उक्त अस्पतालमा हाल तीन जना संक्रमित उपचाररत रहेका छन् ।

त्यसैगरी, प्रदेश नम्बर २ मा आठवटै जिल्लाका १ हजार ५ सय जनाको नमुना संकलन गरेर परीक्षण गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको समन्वयमा आजसम्म १ हजार २७ जनाको नमुना संकलन गरेर परीक्षण भइरहेको छ ।”

प्रतिक्रिया दिनुहोस !