काठमाडौंः काठमाडौं प्रहरी परिसरले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अहपरण गरेको सम्बन्धमा जाहेरी दिन पुगेका नेताहरुलाई फिर्ता गरिदिएको छ । प्रहरीले घटनाको सुरुवात महोत्तरीमा भएको हुँदा त्यहीँ जाहेरी दिन भन्दै लिन नमानेको नेताहरुले बताएका छन् ।

सो पार्टीका नेता विश्वदीप पाण्डेले एसपी र डीएसपीले जाहरी लिने यहाँ होइन महोत्तरी जाउ भनेको बताउनुभयो ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, “जबकि कानुनले नजिकको प्रहरी र यथाशिघ्र समयमा जाहेरी गर्ने भनेको छ । प्रहरी परिसर टेकुमा एसएसपी गायब । अहिले जाहेरी लिन नमानेको अवस्था छ । कानुनभन्दा माथि ओली सरकार ?”

परिसरका एसएसपी श्यामलाल ज्ञवालीले पनि घटनाको सुरुवात जहाँ भएको हो त्यहीँ जानुस् भनेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !