चितवनः कोरोना भाईस (कोभिड १९) का कारण आहतमा रहेकालाई लायन्स क्लबहरुले राहत वितरण गरिरहेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना रोग रोकथाम, नियन्त्रण, उपचार र राहतको काममा नेपालका लायन्स क्लबहरुले आआफ्नो ठाउँबाट सक्दो सहयोग गरिरहेका हुन् ।
लायन्स क्लबहरुले अस्पतालहरुलाई आवश्यक सामान सहयोग गर्ने, यात्रुहरुलाई निःशुल्क खाना, खाजा, पानी वितरण गर्ने, सवारी साधन सेनिटाईज गर्ने, घरतर्फ हिँडेका मजदुरहरुलाई निःशुल्क गाडीको व्यवस्था गरी गन्तव्यसम्म पठाउने र असहायहरुलाई खाद्यन्न सहयोग गर्ने गरेको लायन्स क्लब ईन्टरनेसनल डिष्ट्रिक ३२५ बी २ का द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले बताउनुभयो ।
त्यसैगरी सुरक्षाकर्मीलाई सुरक्षा सामग्री सहयोग, औषधि घरघरसम्म पु¥याउने, रगत अभाव भएको ठाउँमा रक्तदान गर्ने जस्ता काम क्लबले गरिरहेको उहाँले बताउनुभयो ।
डिष्ट्रिक्टका चिफ एरिया कोअडिनेटर प्रकाशचन्द्र भट्टराईका अनुसार भरतपुरको कोरोना बिशेष (अस्थाई) अस्पतालमा स्वास्थ्य सामाग्री, पिपिई, माक्स, पन्जा, सेनिटाईजरसँगै पूर्ण रुपमा स्वचालित सेनिटाईज टनेल पनि उपलव्ध गराएको छ । काठमाडौंमा रहेका लायन्सहरुले मेरुदण्ड सम्बन्धी उपचार गराई रहेका बिरामीसँगै अन्यलाई स्वास्थ्य तथा खाद्य सामग्री बितरण गरिरहेका छन् ।
भट्टराईका अनुसार हेटांैडाका लायन्सहरुले “हामी छौ” भन्ने नाराका साथ १५ दिनदेखि काठमाडौंबाट गन्तव्यसम्म हिडेका यात्रुहरुलाई खाना, खाजा र पानीको व्यवस्था गरिरहेका छन् ।
यस्तै वुटवलका लायन्सहरुले बुटवलमा रहेको लुम्बिनी चिकित्सक संघलाई पिपिई, सेनिटाईजरसँगै स्वास्थ्य सामग्री वितरण गरिरहेका छन् ।
नेपालगञ्जमा रहेका लायन्स क्लवहरुले लायन्स आइसोलेसन कक्ष स्थापनाका गरेका छन् । उनीहरुले भारतका बिभिन्न क्षेत्रबाट आएका यात्रुहरुलाई दशगजा क्षेत्रमा खाना, पानीको व्यवस्था गर्नुका साथै स्वास्थ्य तथा खाद्यन्न सामग्री वितरण गरिरहेको उहाँले जानकारी दिनुभयो । देशभरका लायन्स क्लबहरु फरक फरक तरिकाबाट कोरोना रोग नियन्त्रणका लागि जुटेको भट्टराई बताउनुहुन्छ ।
डिष्ट्रिकका को–चिफ एडभाईजर सिद्धार्थलाल चुके अहिलेको विषम परिस्थितिमा सरकारले मात्र सबै गर्न नसक्ने भएकाले लायन्सहरुले आ–आफनो ठाउँबाट सहयोग गर्नु पर्ने बताउनु हुन्छ । उहाँका अनुसार देशभरका क्लबले कुनै न कुनै तरिकाबाट सघाईरहेका छन् । सेवामा समर्पित गर्नु लायन्स क्लबको उद्देश्य भएको चुके बताउनुहुन्छ । विश्वभरका क्लब तिनका सदस्य कोरोना रोग रोकथाम, नियन्त्रण र उपचार अभियानमा जुटिरहेको भन्दै जतिबेला दुःख पर्छ त्यतिवेला सेवामा लायन्सकर्मीहरु उपस्थित हुने गरेको बताउनुभयो ।
सन् १९१७ मा अमेरिकाको सिकागो शहरमा स्थापना भएको लायन्स क्लब ईन्टरनेश्नलको हाल विश्वको २ सय १० भन्दा बढी देशहरुमा क्लब स्थापना भएका छन् । जसमा १४ लाख भन्दा बढी सामाजिक अभियान्ताहरु संगठित छन् ।
लायन्स क्लब ईन्टरनेसनल डिष्ट्रिक ३२५ वि २ का द्धितीय भाईस डिष्ट्रिक्ट गभर्नर भट्टका अनुसार सन् १९७१ म नेपालमा पहिलो पटक लायन्स क्लब स्थापना भएको हो । हाल देशभर १ हजार ३ सय भन्दा बढी क्लबका ३३ हजार सदस्य नेपालमा रहेका छन् ।
सेवाको भावका साथ खुलेका सबै क्लब र तीनका सदस्य अहिले रोग नियन्त्रण अभियानमा आ–आफनो ठाउँबाट जुटिरहेको भट्टको भनाई छ । नेपालका चार वटा डिष्ट्रिक मध्ये आफ्नो डिष्ट्रिक्ट भित्रका ३ सय ८१ क्लबका ९ हजार भन्दा बढी लायन्स सदस्य र २ हजार भन्दा बढी लियो सदस्यहरु अभियानमा जुटेको उहाँले जानकारी दिनुभयो । यस संगै देशका अन्य डिष्ट्रिकका २४ हजार भन्दा वढि लायन्स कर्मीहरु यो अभियानमा जुटेको उहाँको भनाई छ ।

वी सर्भ अर्थात हामी सेवा गछौं भन्ने नाराका साथ पहेलो जकेट लगाएर विश्वभरका लायन्सकर्मी सेवामा जुटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस !