कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत एक कर्मचारीको र्‍यापिट परिक्षणका क्रममा कोरोना पोजेटिभ पाइएको छ । उनलाई माहाकाली अस्पतालमा आईसोलेट गरिएको छ ।

नगरपालिकाका अनुसार स्वाव परिक्षणको रिपोर्ट आउन बाँकी छ । कञ्चनपुरमा हालसम्म एकजनामा मात्रै कोरोना पोजेटिभ देखिएको छ । उनी निको भएर डिस्चार्ज भइसकेका छन् ।

यस्तै कञ्चनपुरमै कार्यरत प्रहरी जवानमा पनि र्‍यापिट टेष्टमा कोरोना देखिएको चर्चा चलेको थियो । तर सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले प्रहरी जवानमा कोरोना पोजेटिभ देखिएको विषय हल्ला मात्रै भएको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !