काठमाडौंः निवर्तमान प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले समाजवादी पार्टीका सासंद सुरेन्द्र यादवको अपहरणको विषय निराधार भएको दाबी गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत सो पार्टीका नेता बाबुराम भट्टराईले समेत पूर्वआईजीपी पनि पुगेर अपहरणको शैलीमा ल्याइएको बताए पछि खनालले आफूसहितको टोली जनकपुर सांसद यादवको घरमा गएको तर अपहरण भनेर लगाइएको आरोप निराधार रहेको उहाँले बताउनुभयो ।
पूर्वआईजीपी खनालले भन्नुभयो,“म अस्ति कोटेश्वरमा घर जाने यात्रुको व्यवस्थापनमा थिएँ । सांसद यादवजी र महेशजीको राजनीतिक कुराकानी भइरहेको रहेछ । उहाँ सँग मैले पनि फोनमा कुरा गरेँ । उहाँले काठमाडौं आउने इच्छा व्यक्त गर्नुभयो । त्यसपछि हामी जनकपुर गयौं ।”
बुधबार (हिजो) आफूहरु ९ बजेको समयमा सासंद सुरेन्द्र यादवको घरमा पुगेको खनालले बताउनुभयो।
उहाँले भन्नुभयो “उहाँकै घरमा हामीले खाना खायौँ । खाना खाइसकेपछि उहाँले जनकपुरमै केही आफन्तसँग भेट गर्नुभयो । त्यसपछि हामी हाम्रो गाडीमा उहासँगै सोही पार्टीको प्रदेश सासंद कौशल यादव, उनका भिनाजुलगायत अन्य व्यक्तिहरु आफ्नै २ गाडीमा चढेर काठमाडौं आए । सँगसँगै आएको भने हो ।”
जनकपुर गएको टोलीमा नेकपा सांसद महेश बस्नेत र किसान श्रेष्ठ, पूर्वआईजीपी खनाल थिए । सञ्चारमाध्यममा अपहरण भनेर आएको खबरले आश्चर्यमा परेको खनालले बताउनुभयो।