काठमाडौंः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारसँग सोमबार जारी दुबै अध्यादेश फिर्ता लिन माग गरेको छ ।

मंगलबार बिहान बसेको कांग्रेस पदाधिकारीको आकस्मिक बैठकले सरकारसँग संवैधानिक परिषद्सम्बन्धी र राजनैतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिन माग गरेको हो ।

बैठकले सरकार ल्याएको अध्ययादेशको भत्र्सना र खेद व्यक्त गर्दै फिर्ता लिन माग गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

उहाँले अध्यादेशका बारेमा बैठकमा आन्तरिक परामर्श गरिएको र कांग्रेसले चाल्ने आगामी कदमका बारेमा बुधबारमात्रै सार्वजनिक गरिने बताउनुभयो ।

“यो विषय हाम्रो आन्तरिक छलफलको क्रममा छ । यस बारेमा अहिले हामीले केही परामर्श गरेका छौं । यस बारेमा उपयुक्त कुरा भोलीमात्रै तपाईंले जानकारी पाउनु हुनेछ,” उनले भने, “अहिले जम्माजम्मी सरकारले ल्याएको विधेयक (अध्यादेश) को खेद व्यक्त गरेका छौं । भत्र्सना गरेका छौं । विधेयक फिर्ता लिने गरी सरकारलाई अपिल गरेका छौं ।”

प्रतिक्रिया दिनुहोस !