चितवनः द्रुत परिक्षणका क्रममा पूर्बी चितवनका एक व्यक्तीमा भाईरसको रिएक्टीब देखिएको छ । बुधवार ३९ जनाको ‍र्यापिड टेस्ट गर्दा एक व्यक्तीमा कोरोना भाईरसको रिएक्टीब देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार चैतको पहिलो हप्तामा नेपाल आएका पुरुष व्यक्तिमा भाईरसको रिएक्टीब देखिएको बताउनु भयो । रिएक्टीब देखिए पछि उनको स्वाब भरतपुर कोरोना परिक्षण प्रयोगशालामा ल्याईएको उहाँले बताउनु भयो । जिल्लाका सबै स्थानीय तहहरुले कोरोना भाईरसको द्रुत परिक्षण गरिरहेका छन् ।
हाल सम्म जिल्लामा १ सय ४४ जनाको परिक्षण गरि सकीएको छ । बिदेशबाट आएर १७ दिन सम्म क्वारेन्टाईन वसेकाहरुमा यो परिक्षण गरिन्छ । राप्ती नगरपालिका र ईच्ताकामना गाउँपालिकामा आज देखि परिक्षण सुरु गरिएको उहाँले जानकारी दिनुभयो । जिल्लामा ६ सय ५४ कोरोना संक्रमणको समयमा बिदेशबाट आएकाहरु रहेका छन् । जस मध्ये ५० जना हाराहारी होम क्वारेन्टाईन र १७ जना सार्बजनिक क्वारेन्टाईनमा रहेका छन् । अन्यको क्वारेन्टाईन समय पुरा भएको चिवतनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !